फोहर व्यवस्थापन र भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनसम्बन्धी प्रस्ताव

काठमाडाैं | जेठ १६, २०७९

फोहर व्यवस्थापन र भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनसम्बन्धी प्रस्ताव

काठमाडौँ:   काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित प्रमुख बालेन्द्र साहले कार्यपालिका बैठकमा तत्काल फोहर व्यवस्थापन र भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव गर्नुभएको छ ।  

    

पदभार ग्रहण गरेपछि सञ्चालन गरिएको पहिलो बैठकमा प्रमुख साहले तीन दिनदेखि उठ्न नसकेको  काठमाडौँको फोहर तत्काल व्यवस्थापन गर्ने र सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने जस्ता काम सक्दो छिटो गर्न प्रस्ताव गर्नुभएको हो । उहाँले कार्यपालिका सदस्यहरुमाझ तत्काल दुईवटा भौतिक पूर्वाधार एम्बुलेन्स सुरु गर्न र नागरिकको समस्या समाधानका लागि कल सेन्टरको स्थापना गर्ने र त्यसमार्फत नागरिकको समस्या तत्काल सुन्ने अभ्यासमा जानुपर्ने धारणा राख्नुभयो । 

  

 प्रमुख साह, उपप्रमुख सुनिता डङ्गोलसहितका जनप्रतिनिधिले शपथ लिएपछि आज पहिलो बैठक बसेको हो । बैठकको प्रमुख साहको निर्देशानुसार प्रत्यक्ष प्रशारण गरिएको छ । सडकमा थन्किएको फोहर व्यवस्थापन नभएसम्म माला खादा नलगाउने प्रमुख साहले घोषणा गर्नुभएको छ ।

पोखरा:   सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ ।    नेपाल फोटो पत्र...

थप पढ्नुहोस्

बैतडीमा जन्ती बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतक सबै १३ जनाको सनाखत पनि भएको छ ।   पुर्चाैडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा...

थप पढ्नुहोस्

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभ...

थप पढ्नुहोस्